काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलको २६ गते बसेको संचालक समितिको १७४औं बैठकले सो निर्णय गरेको हो ।
सोही बैठकले क्यापिटलको दशौं वार्षिक साधारण सभा यही मिति २०८३ साल भदौ २६ गते ९ कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेका लागि डाकेको छ । उक्त वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने बताएको छ ।
साथै, क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन ‘अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाईनमा’ भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले गत आर्थिक वर्ष /को अन्त्यसम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेन्द्र रायमाझीले बताए ।








About Us
प्रतिक्रिया