काठमाडौं – सरकारले विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँने भएको छ । सरकारले साउन २० गते बोलकबोल मार्फत विकास ऋणपत्र – २०९८ (१५ वर्षे) बिक्री खुल्ला गर्ने भएको हो ।
यस ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनी सहभागी हुन पाउने छन् । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने उल्लेख छ । यस ऋणपत्रको ब्याज बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
ब्याजदर र बाँडफाँड बोलदाताले कबोल गरेको व्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने बताइएको छ ।
घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकका लागि बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलदाताको रुपमा मात्र भाग लिन सक्नेछन् ।







About Us
प्रतिक्रिया