श्री इन्भेष्मेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – श्री इन्भेष्मेन्ट फाइनान्स कम्पनी लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एक संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।