आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो।

यसँगै आज प्रतितोला सुन २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।