४७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

चाँदी १४५ रूपैयाँले बढ्याे


काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७०० रुपैयाँ र चाँदी १४५ रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रूपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।