काठमाडौं – नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ। यसअघि राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो।
केन्द्रीय बैंकले समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरिएको जनाएको छ।
यसअघि २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणमा आधारित समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि पोखरा फाइनान्सको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै तल देखिएको थियो।
त्यसपछि राष्ट्र बैंकले २०८१ माघ २३ गते शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारबाही गरेको थियो।






About Us
प्रतिक्रिया