काठमाडौं – यो साताको आइतबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो। सो दिन प्रतितोला सुन २ लाख ८७ हजार ३ सय रुपैयाँमा किनबेच भयो। आइतबार बढेको सुनको मूल्य सोमबार पनि तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो। त्यसदिन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा किनबेच भयो।
आइतबार र सोमबार दुवै दिन बढेको सुनको मूल्य मंगलबार १६ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा ओर्लियो। यस्तै, बुधबार ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भयो।
बिहीबार पनि सुनको मूल्यमा भारी रकमको गिरावट देखियो। ५ हजार दुई सय रुपैयाँले घट्दै प्रतितोला दुई लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भयो। यस्तै, शुक्रबार स्थिर रहँदै बिहीबारकै मूल्यमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा ९ हजार रुपैयाँको गिरावट देखियो।






About Us
प्रतिक्रिया