एकैदिन तोलामा साढे १० हजारले घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा एक सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला १० हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।