सुनको मूल्य एकैदिन ५३ सयले बढ्यो, तोलाको कति ?


काठमाडाैं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा पाँच हजार ३०० रूपैयाँ र चाँदी १९० रूपैयाँ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९२ हजार रूपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८४० रूपैयाँ निर्धारण भएको छ।

हिजो एक तोला सुन दुई लाख ८६ हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रूपैयाँमा कारोबार भएको थियो।