एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालद्वारा गभर्नरबाट पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। २८औँ वार्षिक साधारण सभाले संस्थापक सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो। 

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष अग्रवाल नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन्। 

उच्च नेतृत्वदायी क्षमता, दूर दृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरू हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिइएको छ।