वैदेशिक मुद्रा सञ्चितिमार्फत ४ प्रतिशतभन्दा कम प्रतिफल प्राप्त भइरहेको छ : गभर्नर डा. पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालको वैदेशिक मुद्रा सञ्चितिलाई ‘सर्ट टर्म लिक्विडिटी’ छोटो अवधिको तरलतामा राखिएको बताएका छन्। अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले जसबाट प्राप्त हुने प्रतिफल ४ प्रतिशतभन्दा कम रहेको बताए। उनले यसलाई फन्डमार्फत लगानी गरेर बढी आम्दानी गर्ने योजना रहेको बताएका छन्। नेपालको वैदेशिक मुद्रा सञ्चिति हाल निकै राम्रो अवस्थामा रहेकोले यसको उचित परिचालनका लागि सभरेन वेल्थ फन्डको अवधारणा अघि सारिएको बताएका छन्। 

उनले सम्पत्ति व्यवस्थापन कम्पनी नीजि लगानीमा खोल्ने वा सरकारी लगानीमा खोल्ने भन्नेबारे निर्णय भएको उनले बताए। उनले यसलाई सरकारी स्वामित्वको वा सार्वजनिक संस्थानहरू मिलेर बनाउने योजना रहेको समेत उल्लेख गरे। सामान्यतया राष्ट्र बैंक ६–७ महिनाको आयात धान्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति राख्ने लक्ष्य राखे पनि हाल नेपालसँग १६ महिनाभन्दा बढीको आयात धान्न पुग्ने सञ्चिति रहेको उनको भनाइ छ।