आगामी आर्थिक वर्षको बजेट मध्यम वर्गलाई लक्षित गरि आएको छ : अध्यक्ष आचार्य


काठमाडौं – व्यवसायी सुदिप आचार्यले आगामी आर्थिक वर्षको बजेट मध्यम वर्गलाई लक्षित गरि आएको उल्लेख गरेका छन् । उनले बैंकिङ्ग समाचारसँग बजेटप्रति प्रतिक्रिया दिँदै कर्मचारी देखि काम गर्ने सबै क्षेत्रमैत्री आएको बताउँदै उनले व्यवसायि मैत्री बजेट आएको बताए ।

‘यसवर्षको बजेटमा मध्यम वर्गलाई प्राथमिकतामा राखेको देखिन्छ’ उनले भने, ‘कार्यान्वयन पक्ष हेर्ने हो भने सधै नेपालमा चुनौतीपूर्ण रहन्छ ।’ यता, सरकारले बिजुलीमा भ्याट लगाउने भनेको छ । बिजुलीमा भ्याट लगाउँदा राजस्व संकलनमा सहज हुने उनको भनाई छ । उनले यो बजेट ऐतिहासिक रहेको बताए ।