आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा


काठमाडौं – केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी) ले डीडीसीको मुख्यालयमा छापा मारेको छ। सीआईबीले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको प्रवक्ता शिव कुमार श्रेष्ठले बताए। 

उनले भने,‘साधारण अनुसन्धानको प्रक्रियाका लागि आवश्यक पर्ने विवरणहरू सङ्कलन गर्ने सीआईबीको टोली गएको हो।’