काठमाडौं – आईएमएस सफ्टवेयरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडसँग वितरण सञ्चालनलाई थप डिजिटल र प्रभावकारी बनाउन सहकार्य गरेको छ। नेपालका अग्रणी मदिरा उत्पादन तथा वितरण कम्पनीहरू जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो वितरण व्यवस्थापनलाई अझ व्यवस्थित र आधुनिक बनाउन आईएमएस सफ्टवेयरसँग साझेदारी गरेका छन्।
सम्झौतामा हिमालयन डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका वित्त प्रबन्धक निमिष शर्मा, तथा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारबीच हस्ताक्षर भएको हो।
देशभर ठूलो डिस्ट्रिब्युसन नेटवर्क सञ्चालन गर्ने यी कम्पनीहरूले स्टक व्यवस्थापन,बिलिङ,वितरक समन्वय ,गोदाम सञ्चालन, तथा फिल्ड सेल्स जस्ता दैनिक कामहरू व्यवस्थापन गर्दै आएका छन्। बढ्दो सञ्चालन सम्बन्धी आवश्यकता लाई ध्यानमा राख्दै आईएमएस सफ्टवेयर ले डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम (DMS) र सेल्स फोर्स अटोमेसन (SFA) समाधान कार्यान्वयन गर्ने भएको हो।
उक्त सिस्टमले स्टक ट्र्याकिङ, अटोमेटेड बिलिङ, गोदाम व्यवस्थापन, बिक्री अनुगमन, तथा योजना व्यवस्थापन ,तथा रिपोर्टिङ जस्ता कार्यहरूलाई अझ सजिलो, छिटो, र व्यवस्थित बनाउनेछ। यसले सम्पूर्ण डिस्ट्रिब्युसन प्रक्रियामा राम्रो दृश्यता र सञ्चालन दक्षता ल्याउने अपेक्षा गरिएको छ।त्यसैगरी, मोबाइल सक्षम सेल्स फोर्स अटोमेसन प्रणालीले फिल्ड टिमलाई लाइभ अर्डर बुकिङ, रुट प्लानिङ, आउटलेट ट्र्याकिङ, तथादृश्यता र सञ्चालन दक्षता जस्ता सुविधाहरू प्रदान गर्नेछ।
यसबाट फिल्ड आउने जानकारी तुरुन्तै सेन्ट्रल सिस्टम मा अपडेट हुने भएकाले निर्णय प्रक्रिया अझ छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ।यो सहकार्यले नेपालमा डिस्ट्रिब्युसन अपरेसन लाई थप मोडर्न र प्रविधिमा आधारित बनाउने साझा लक्ष्यलाई प्रतिबिम्बित गर्दछ। २५ वर्षभन्दा बढी अनुभवसहित आईएमएस सफ्टवेयर ले नेपाली व्यवसायहरूलाई प्र्याक्टिकल, विस्तारयोग्य, र भरपर्दो डिजिटल सोलुसन्स प्रदान गर्दै आएको छ।






About Us
प्रतिक्रिया