एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ डुअलकुल एयर कन्डिसनर सार्वजनिक


काडमाढौं – एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ । जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो । उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीद्वारा गरिएको थियो ।

यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको बताएको छ । नयाँ श्रृंखलाको मुख्य आकर्षणनै एलजीको ‘किलोवाट म्यानेजर’ हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पु¥याउँछ । ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेको उल्लेख गरिएको छ ।

साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन् चने एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन् । यस्तै, असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यस प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता बुद्धिमत्तापूर्वक समायोजन गर्छ । जसले अनपेक्षित विद्युत् बिल वृद्धिबिना स्मार्ट अनुभव प्रदान गर्दछ ।

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमालले एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत् खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्ने बताए । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।