पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू तेस्रो दिन पनि आन्दोलनमा


काठमाडौं – तनहुँकाे दमौलीस्थित सफा सडक क्षेत्रमा लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू तेस्रो दिन पनि विराेधमा उत्रिएका छन्। पार्किङ नियमको विरोध गर्दै व्यापारीहरूले पसल बन्द गरी प्रदर्शन जारी राखेका हुन्।

व्यास नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडक क्षेत्रमा पार्किङ निषेध तथा केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था लागू गरेको जनाएको छ।

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयनको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छ। व्यवसायीहरूले भने पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।