विदेशमा रहेका नेपालीको खोजतलास तथा उद्धारका लागि सरकारले ल्यायाे ‘मोफा मित्र’ एप


काठमाडौं – सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धारलाई थप सहज बनाउन ‘मोफा मित्र’ एप सार्वजनिक गरेकाे छ। 

परराष्ट्र मन्त्रालयले मंगलबार आयाेजना गरेकाे एक कार्यक्रमबीच मन्त्री शिशिर खनाल एपको औपचारिक शुभारम्भ गरेका थिए।

विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नयाँ मोबाइल एप सार्वजनिक गरिएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।