दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। उनलाई विद्युतीय कारोबार र राज्यबिरुद्धको कसूरमा जिल्ला अदालत पर्साले तारेखमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत पर्साको गायत्रीप्रसाद रेग्मीको इजालसले साधारण तारेखमा छाड्न आदेश दिएको हो। उनलाई २०८३ जेठ ४ मा पर्साको वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेकोले पक्राउ परेका थिए।