राजेन्द्र खड्का र युवराज अर्याल सशस्त्रको डीआईजीमा बढुवा 


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्का सिफारिस भएका छन्। यसैगरी, सशस्त्र प्रहरी बलको कानुन उपसमूहअन्तर्गत कार्यरत वरिष्ठ एसएसपी युवराज अर्याल पनि डीआईजीमा बढुवा सिफारिस भएका छन्। 

डीआईजी अञ्जनी पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएसँगै एक डीआईजी पद रिक्त भएको थियो। सोही पदमा खड्कालाई बढुवा सिफारिस गरिएको हो।