काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनीलजंग शाह वैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्। विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिक दक्षतासहित कर्तव्य सम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई सम्मान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज र सुरक्षित बनाउन उनले खेलेको सक्रिय भूमिकाका साथै सवारी दुर्घटना न्यूनीकरण, प्रभावकारी प्रहरी सेवा प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक सुरक्षा सुदृढीकरणमा पुर्याएको योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको कार्यालयले उल्लेख गरेको छ।
कार्यालयका अनुसार डिएसपी शाहले आफूलाई दिइएको जिम्मेवारी अनुशासित, पारदर्शी र त्रुटिरहित ढंगबाट सफलतापूर्वक सम्पन्न गर्दै उदाहरणीय कार्यसम्पादन गरेका छन्। रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।






About Us
प्रतिक्रिया