कक्षा ११ को पठनपाठन असार १ गतेदेखि


 काठमाडौं – कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको हो। केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो।

मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ।