प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा.वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।