काठमाडौं – जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार भएका जना भएको फेरी चोरी मुद्दामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन्।
जिल्ला अदालत बागलुङले उनीमाथि नकबजनी चोरी मुद्दामा ३ वर्ष १ महिना कैद र तीस हजार रुपैयाँ जरिवाना गरेको थियो। बोहोरा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार भई बागलुङको शिवधाराचोकस्थित खड्का बहादुर खत्रीको पसलबाट पुन मोबाइल चोरी गरी भागेको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी बागलुङ जिल्ला अदालत बागलुङबाट चोरी कसुरमा ५ दिन म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया