व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) विषयक छलफलमा भाग लिँदै अध्यक्ष राईले न्यून रकमको कर तिर्न पनि टाढाटाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासो आएकाले यसलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

उनले सभाको बैठकप्रति सरकार जिम्मेवार नदेखिएकाले आफूहरूले ‘प्ले कार्ड’ राखेर विरोध गरेको जनाए। सांसद राईले सप्तकोशी धरान क्षेत्रका तटबन्ध, खानेपानी र ल्याण्डफिल्ड साइट निर्माणका विषय आगामी बजेटमा समावेश हुनुपर्नेमा जोड दिए।