काठमाडौं – जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुने फिपा विश्वकपको प्रसारण ‘राइट’ २७ करोड रुपैयाँभन्दा बढीमा नेपालले किनेको छ। विश्वकपमा हुने सम्पूर्ण खेलहरु प्रत्यक्ष प्रसारणका लागि नेपालमा ‘राइट’ किनेको हो।
नेपालका लागि यो अधिकार ‘एसप्रो मिडिया’ले किनेको हो। यसका लागि एसप्रो मिडियाले १७ लाख ७५ हजार अमेरिकी डलर तिरेको बुझाएको छ। नेपाली विनिमयदरका अनुसार यो रकम २७ करोड २५ लाख रुपैयाँ हुन आउँछ।
नेपालमा विश्वकपका खेलहरु डिसहोमको डिगो र हिमालय स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुनेछन्।






About Us
प्रतिक्रिया