सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ


काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उनलाई शपथ गराएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्।