वान बीएनपीएल र जम्बो इलेक्ट्रोनिक्सबीच सहकार्य, शून्य प्रतिशत ब्याजदरमा ३ देखि १८ महिनासम्मको सहज ईएमआई सुविधा


काठमाडौं- वान बीएनपीएलले नेपालका अग्रणी इलेक्ट्रोनिक्स विक्रेता जम्बो इलेक्ट्रोनिक्ससँग साझेदारी गर्दै ग्राहकहरूका लागि सहज, छिटो तथा पूर्ण डिजिटल ईएमआई सेवा सुरु गरेको घोषणा गरेको छ। यस सहकार्यसँगै अब ग्राहकहरूले जम्बो इलेक्ट्रोनिक्सको शोरुममा गई टेलिभिजन, एयर कन्डिसनर, फ्रिज, किचन उपकरणलगायत विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू ३ देखि १८ महिनासम्मको शून्य प्रतिशत ब्याजदर तथा शून्य प्रतिशत डाउन पेमेन्ट ईएमआई योजनामा खरिद गर्न सक्नेछन्।
यो सुविधा वान बीएनपीएलका साझेदार बैंकहरूको योग्य क्रेडिट कार्डमार्फत उपलब्ध हुनेछ।

कम्पनीका अनुसार ग्राहकहरूले कुनै पनि प्रकारको कागजी प्रक्रिया, अतिरिक्त फाराम वा झन्झटपूर्ण स्वीकृति प्रक्रियाविना नै शोरुममै तुरुन्त ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया सामान्य क्रेडिट कार्डबाट भुक्तानी गरेजत्तिकै सहज, छिटो र सरल हुने बताइएको छ।

यस सहकार्यबारे वान बीएनपीएलका प्रतिनिधिले भने,’हामी ग्राहकहरूलाई अझ सहज, किफायती तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ जम्बो इलेक्ट्रोनिक्ससँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौं। अब ग्राहकहरूले कुनै झन्झटबिना आफ्नो आवश्यक इलेक्ट्रोनिक सामग्री तुरुन्तै घर लैजान सक्नेछन्।’ यस सहकार्यले नेपाली उपभोक्ताहरूलाई आधुनिक डिजिटल वित्तीय सेवामार्फत उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामग्रीहरू थप सहज रूपमा उपलब्ध गराउने विश्वास कम्पनीले लिएको छ।
वान बीएनपीएल ईएमआई सेवाका प्रमुख विशेषताः

  • ३ देखि १८ महिनासम्म ईएमआई सुविधा
  • शून्य प्रतिशत ब्याजदर
  • शून्य प्रतिशत डाउन पेमेन्ट
  • कुनै पनि कागजी प्रक्रिया आवश्यक नपर्ने
  • शोरुममै तुरुन्त स्वीकृति
  • सामान्य क्रेडिट कार्ड भुक्तानीसरह सहज अनुभव
  • योग्य साझेदार बैंकका क्रेडिट कार्डमा उपलब्ध

थप जानकारीका लागि जम्बो इलेक्ट्रोनिक्स, कालिमाटी रोड, काठमाडौंमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।