सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योग घोषणा गर्दै सरकार


काठमाडौं – सरकारले आइटी क्षेत्रलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने भएको हो। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सफ्टवेयर, डिजिटल सेवा, हरित सुरक्षा र एआई कम्प्युटेसनलाई निर्यात र प्रवर्धन गरिने बताएका हुन् ।