नीति तथा कार्यक्रम

सम्पत्ति शुद्धीकरण निवारणबारेका अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गरिने


काठमाडौं – सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय पालनाको पूर्ण पालना गर्दै जोखिममा आधारित सुपरिवेक्षण र अभियोजन प्रणाली लागु गरिने भएको छ। 

सरकारले आर्थिक वर्ष २०८३\०८४को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्लाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

यससम्बन्धी सबैखाले अपराध नियन्त्रण गर्ने सरकारको प्रतिबद्धता छ। जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गरिने भएको छ।