आज सुन चाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

सुन ३८ सय र चँदी १५० रुपैयाँले घट्याे


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।