काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० रुपैयाँ कायम भएको छ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया