काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला दुई लाख ९७ हजार १ सय रुपैयाँमा किनबेच भयो। आइतबार बढेको सुनको मूल्य सोमबार प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भयो।
यस्तै, मंगलबार प्रतितोला ३ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार ८ सय रुपैयाँ पुग्यो। बुधबार पनि तोलामा २ हजार ९ सयले बढ्दै ३ लाख २ हजार ७ सय रुपैयाँमा किनबेच भयो। बिहीबार तोलामा १ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख २ हजार ८सय रुपैयाँ पुग्यो।
यसैगरी शुक्रबार प्रतितोला सुन ३ हजार रुपैयाँले घट्दै २ लाख ९९ हजार ८ सय रुपैयाँमा किनबेच भयो। समग्रमा यो साता सुनको मूल्यमा २७ सय रुपैयाँको वृद्धि देखियो।



About Us
प्रतिक्रिया