सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

‘सुन ३ हजार र चाँदी १२० रुपैयाँले बढ्यो’


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी १२० रुपैयाँले ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रूपैयाँमा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।