काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालन हुने ३१ औँ समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरु भएको छ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरे।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।



About Us
प्रतिक्रिया