काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो।आइतबार सुन शुक्रबारकै मूल्य अर्थात् प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भयो।
आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भयो।
मंगलबार भने ४ सय रुपैयाँले बढ्दै २ लाख ९१ हजार ८ सय रुपैयाँ पुग्यो। यस्तै, बुधबार ७ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला सुनको मूल्य २ लाख ९९ हजार रुपैयाँ पुग्यो।
बुधबार बढेको सुनको मूल्य बिहीबार घट्यो। बिहीबार प्रतितोला ४ हजार ३सय रुपैयाँले घट्दै प्रतितोला सुन २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भयो।
यस्तै, शुक्रबार २ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ९६ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ। समग्रमा यो साता सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँको वृद्धि देखिएको छ।



About Us
प्रतिक्रिया