अनरको ‘म्याजिक अफ ८’ सिरिज नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?


काठमाडौं – अनरले आफ्नो नयाँ लाइनअप अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स ८बी सार्वजनिक गरेको छ। यसले शक्तिशाली प्रदर्शन, अत्याधुनिक एआई र आकर्षक डिजाइनलाई एकै ठाउँमा ल्याउने कम्पनीले जनाएको छ।

आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गर्ने कम्पनीको दाबी छ।

अनर म्याजिक ८ प्रोमा २०० एमपीको अल्ट्रा-क्लियर क्यामेरा, स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर र शक्तिशाली ७१०० एमएएच ब्याट्री, एआई स्क्रिन सजेसन्स, एआई फोटो एजेन्ट र एआई सेफ्टी इन्हान्समेन्ट्स जस्ता उन्नत अनर एआई सुविधाहरू रहेका छन्। यसको प्रि-बुकिङ मूल्य १ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। सीमित समयका लागि ग्राहकहरूले ३० हजार मूल्य बराबरको अनर प्याड एक्स८बी निःशुल्क प्राप्त गर्नेछन्। 

यसमा ११-इन्चको अनर आई कम्फर्ट फुलभ्यु डिस्प्ले रहेको छ। यसले आकर्षक र आँखामैत्री भ्यूइङ अनुभव प्रदान गर्छ। १०१०० एमएएचको ठूलो ब्याट्री र प्रिमियम मेटल बडीले यसलाई टिकाउ, स्टाइलिश र दिनभर प्रयोग गर्न उपयुक्त बनाउँछ।

स्टाइलसँगै पावर चाहनेहरूका लागि अनर एक्स८डी उत्कृष्ट विकल्प हो। यसको अल्ट्रा-स्लिम डिजाइन र ७००० एमएएचको ठूलो ब्याट्री, ४५ वाट फास्ट चार्जिङसहित, दैनिक प्रयोगका लागि उपयुक्त छ। यसमा स्मार्ट एआई बटन दिइएको छ। यसले एआई समरी, सर्कल टु सर्च, एआई सुपर जुम, एआई इन्हान्स्ड जुम र एआई इरेजर जस्ता सुविधाहरूमा तुरुन्त पहुँच दिन्छ। 

१०८ एमपी क्यामेरा, २ मिटर ड्रप रेसिस्टेन्स र आईपी६५के वाटर रेसिस्टेन्ससहित अनर एक्स८डी दुई भेरियन्टमा उपलब्ध छ– ८जीबी + १२८ जीबी (रु. ३९,९९९) र ८जीबी + २५६ जीबी (रु. ४३,९९९)। लन्चको अवसरमा सीमित समयका लागि प्रत्येक खरिदमा रु. ३,९९९ मूल्य बराबरको अनर च्वाइस इयरबड्स एक्स७ई एक्टिभ निःशुल्क प्रदान गरिनेछ। म्याजिक ८ लाइनअप अब नेपालभरका आधिकारिक अनर स्टोरहरूमा उपलब्ध छ।