काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ रुपैयाँ कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार रूपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको थियो।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया