काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदी तोलामा २०५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो।
गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया