४ सयले बढ्यो सुन, तोलाको कति ?

'आज चाँदी तोलामा ४० रुपैयाँले बढ्याे'


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।