गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – गरिमा विकास बैंकले आजदेखि सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले यसअघि एक सूचना जारी गर्दै सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री राखेको थियो तर उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य व्यक्ति, संस्थाका लागि बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन्।