शंकर ग्रुपका अध्यक्ष अग्रवाल छुटे


काठमाडौं – व्यवसायी शंकर अग्रवाल हाजीरी जमानीमा छुटेका छन् । उद्योगपति अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा हाजीरी जमानीमा छाडेको हो । अग्रवाल विभागले बोलाएको जुनसुकै समयमा पनि उपस्थित हुनुपर्नेछ ।