शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप 


काठमाडौं – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिइएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न ५ दिन को म्याद दिएको प्रवक्ता दिपक कुमार श्रेष्ठले बताए । 

उनीमथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि पनि उनी  २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । त्यस बेला उनलाई विभागले तारेखमा छाडेको थियो ।