सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनीले आजदेखि १२ हजार बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी नवीन प्रजापतिको नाममा रहेको १२ हजार ४२१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी पहिलो प्राथमिकता दिएकाे छ । कम्पनीका अनुसार सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्। इच्छुकले कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिस्ट्रार एनएमबी क्यापिटल मार्केट्स मार्फत आवेदन दिनुपर्नेछ।