सभामुखमा अर्याललाई समर्थन गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘तटस्थतामा उहाँ खरो उत्रनुहुनेछ’


काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्याललाई समर्थन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तटस्थतामा खरो उत्रने अपेक्षा रहेको बताएका छन्। आज सम्पन्न सभामुख चयन प्रक्रियामा अर्याल निर्विरोध प्रतिनिधि सभाको सभामुख बनेका छन्। अन्य दलले अर्यालकाविरुद्धमा सभामुखको उम्मेद्वारी नदिएपछि उनी निर्विरोध सभामुख बनेका हुन्।

यहीक्रममा सत्तापक्षबाट अर्याललाई समर्थन गर्दै अर्थमन्त्री वाग्लेले राजनीतिक परिवतर्नपछि प्रतिनिधिभाले पुस्तान्तरणको अनुभूति गरिरहेको समेत बताए। त्यसक्रममा उनले भने, ‘अर्याल ज्यूसँग छोटो राजनीतिक अनुभव भएपछि परिपक्क हुनुहुन्छ।’

उनले कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै सरकार सत्तापक्ष र संसद विपक्षको हुने मानकलाई अर्यालले सो भूमिकालाई न्याय दिने वाग्लेको भनाई छ। ‘अर्याल ज्यूले प्रतिनिधिसभामा कुनै दलसँग आवद्धता नराखेर तटस्थ बन्नुहुनेछ। यो लोकतन्त्रका लागि उत्तम हुनेछ,’ वाग्लेले भने।