काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । सुनको मूल्य गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा ५० ले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया