मेन्छियाम हाइड्रोपावरका स्वतन्त्र सञ्चालक केसीले दिए राजीनामा


काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडका स्वतन्त्र सञ्चालक अरुण कुमार केसीले राजीनामा दिएका छन्। केसीले सो पदबाट आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन्। 

कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको छ।