काठमाडौं – आइतबार सुनको मूल्य ५ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भयो। आइतबार बढेको सुनको मूल्य सोमबार २५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भयो।
मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार सात सय रुपैयाँले बढ्दै २ लाख ९० हजार २ सय रुपैयाँ पुग्यो। मंगलबार बढेको सुनको मूल्य बुधबार पनि ७ हजार ४ सयले बढ्दै प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा पुग्यो।
बुधबार बढेको सुनको मूल्य बिहीबार ३ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भयो। साताको अन्तिम कारोबारको दिन शुक्रबार भने सुनको मूल्य स्थिर रह्यो। समग्रमा यो साता सुनको मूल्यमा ८ हजार रुपैयाँको वृद्धि देखिएको छ।



About Us
प्रतिक्रिया