हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत, बिक्री प्रबन्धक नियुक्त


काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० सय रुपैयाँको १ः५. ६६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ। जुन शेयर निष्काशनका लागि कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको वार्षिक साधारण सभाले स्वीकृत गरिसकेको छ।