काठमाडौं – इङवा हाइड्रोपावर लिमिटेडको ४५ लाख बढी कित्ता शेयरको लक–इन अवधि आगामी वैशाख २६ गते सकिने भएको छ। कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता शेयर लकइन अवधि सो दिनबाट सकिने भएको हो।
सो शेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको ३ लाख ६ हजार ८४० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको २९ हजार ८६३ कित्ता समावेश छन्।
तर सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूको शेयर भने प्रचलित नियमअनुसार निश्चित अवधि सम्म रोक्का रहने समेत कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया