बलेफी हाइड्रोपावरका अध्यक्ष पुरीले दिए राजीनामा


काठमाडौं – बलेफी हाइड्रोपावरका अध्यक्ष बिदुर पुरीले राजीनामा दिएका छन्। पुरीले आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिबाट राजीनामा दिएका हुन्। 

कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनको दिएको राजीनामा स्वीकृत गरेको छ।